त्यो ढुङ्गा हानेको क्षण” र “प्रियसीका यादहरु” लाई धेरै साथीहरुले मन पराइदिनु भएकाले आज धेरै पछि फेरि केही लेख्न मन लागेको छ । दिमाग भद्दा भएर केही सोच्न नसक्ने स्थितिमा पुगेको छु । मोबाइलको यो नोटप्याड एप्लिकेसनमा अहिले यो ब्लग गरिरहदा सोही मोबाइलको नोटिफिकेसन बारमा रहेको घडीले रातको ११.२९ बजेको संकेत गर्दैछ । सोमबार माछामासु बार्ने गरेकोले बार चै याद भएपनि आज कति गते हो भनेर याद नभएपछि भर्खरै नेपाली पात्रो नामक एप्स खोलेर हेर्दा चैत्र २४ गते सोमबार त्रयोदशी तिथि देखियो ।

बिहान उठे देखि मोबाइल र ल्यापटप चलाउदा चलाउदै आँखा रातै भएर दुख्न थालेको छ । बिहान पनि के भन्नू हिजो राती २ बजे सुतेको म आज १० बजे उठेको थिए । उठेर नुहाइधुवाइ गरि नित्य पुजा सक्काएर खाना खाइ Netflix को जर्मन भाषाको सेरिज DARK सकाउन भनेर यहि ओछ्यानमा ढल्केको म बिच बिचमा शौचालय जान बाहेक उठेको भनेको अगि बेलुकीको खाना खान ८ बजे मात्रै हो । अब त धेरै ओछ्यनमा ढल्किदा ढल्किदै ढाड दुख्न थालिसक्यो । तेहि दिनै भरी ढल्केर पनि होला अहिले सम्म निन्द्रा आको छैन ।

ओल्टेकोल्टे फेर्दै खुइखुइ सुस्केरा हाल्दै कुन बेला निन्द्रा लाग्ला भनेर तिनै निन्द्रादेवीको प्रतीक्षा गर्नुको बिकल्प पनि त भएन फेरी ।

आज सोमबार । यो कोरोनाको महामारी हुन्थेन भने सोमबारको दिन बिशेष हुने गर्थ्यो । दिनभरीको काम र थकाइ पछी साँझ पशुपतिनाथ दर्शन गर्दै बागमति तटमा हुने सन्ध्या आरती हेर्दै तेही आरतिमै डुब्दै केहि समयको लागि भए पनि यो संसारिक माया मोहलाई भुलिन्थ्यो । आरति नै सहि, यसै निउले साथी भाइहरु भेटघाट हुन्थ्यो । शरीरमा बेग्लै उर्जा संचार भएको महशुस हुन्थ्यो । ओहो जिन्दगी क्या आनन्दले बितिरहेको थियो ।

अहिले त, न खानको टुंगो छ न सुत्नको । सुत्न पनि कति सुत्नु । दिनभरी पनि सुतिएकै छ रातभरी पनि सुतिएकै । अब त वाक्क लाग्न थालिसक्यो यो लकडाउन पनि । कहिले सक्किएला यो लकडाउन जस्तो भैसक्यो । तर यति चाडै के सकिन्थ्यो । बिदेशबाट आएको व्यक्तीबाट यहि नेपालीलाई सरेसङ्गै सरकारले फेरि बैशाख ३ गते सम्मलाई लकडाउन थपिदिएको पो छ ।

हे भगवान! के आइलागेको हौ यो संसारमा यस्तो । तथ्यांक पल्टाएर हेर्ने हो भने वार्षिक रुपमा अहिले कोरोनाले मान्छे मरिरहेका भन्दा धेरै मान्छेहरु रुगाखोकीले नै मरिरहेका छन् भन्छन । र पनि यो सारा संसारलाई नै हात धुन र घर भित्रै बस्न बाध्य बनाएको यो भाइरस देख्दा लाग्छ प्रकृतिले हामी मानिस जातीको परिक्षा लिइरहेकी छिन् । सरसर्ती हेर्दा त सझिलै छ यो परिक्षा पनि । काममा बिहान देखि साँझ सम्मै लाग्दा केहि समय छुट्टी भैदिए हुने सोच्ने म, अहिले बिगत २२ दिन देखि घरमै छु । तर अब त यो घर बसाइ पनि दिक्क लाग्न थालेको छ । कति ढल्किनु यहि ओछ्यानमा? दिनै भरि यहि ढल्कियो, राति यहि सुत्यो । बिरक्ता लाग्न थालिसक्यो । बाहिर निस्किन मिल्ने स्थिति छैन घरै बस्न दिक्क लाग्छ । हे भगवान! जाउ त कहा जाउ गरौँ त के गरौ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *