झर्यात झुरुत च्यातिएका कापीका पाना जस्तै म
तिमी आउँदा पानी टेप भेटिएको महसुस भयो ।
लाग्थ्यो यी च्यातिएका पानाहरु फेरी जोडिनेछन्
यसमा लेखिएका भावनाहरु फेरी कसैले पढनेछन् ।।
तर
सोचेको जस्तो कहाँ हुन्थ्यो र
पानी टेप कुन बेला सलाई भयो पत्तै पाइन ।
जोडिएको भ्रममा थिए म
तर त्यसको बिपरित जल्दै खरानी भएछु ।।
त्यस्तो खरानी जुन नत बत्ति कात्न काम लाग्छ न बारीमा छर्न नै ।।


Leave a Comment

Your email address will not be published. Required fields are marked *