पशुपतिमा एक साँझ

पशुपतिमा एक साँझ

तिनकुनेको लाइट पार गरि बेगमा बत्तिएको Apache RTR एअरपोर्टबाट गौशाला तिर लाग्दा आफ्नो गति सिमित गर्दै तिलगंगा छेवैको बाटोबाट दाहिने मोडिन्छ । अब बाइकमा गति निकै कम छ । ढुङ्गाले छापेको बाटो पानी परिरहेकाले चिप्लो छ । तेहि चिप्लो बाटोमा बिस्तारै गुड्दै बागमतिको किनारमा पुगेर झ्याप्प ब्रेक लाग्छ अनि ओर्लिन्छु म । फाल्गुनको अन्तिम सोमबार पशुपति पुगेपछी चैत्र २ गते अप्रेशन गरेर बेड रेस्ट गर्दै गर्दा सरकारले ११ गते लकडाउन घोषणा गरिदियो । झन्डै सात महिना पछि यस पुन्यभुमीमा पाइला टेकेको म, मेरो पहिलो दृष्टि आर्यघाटमा जलिरहेका शवहरुमा पर्छन । एक तमाशले हेरिरहन्छु…Read more …
बियोग

बियोग

आकाश धुम्म छैन तर तेस्तै देख्छु आजपानी परेकै छैन तर तेस्तै सुन्छु बाहिरकुकुरहरु एक तमासले कराइरहेकै छैनन् तर कान गुन्जिरहेछति आवाजहरुले मुटु बिझाइरहेछचुपलाग म कराउछुए साची, कराउछु हैन चिच्याउछुपुग्यो अब, बन्द गर यो सबतर अहरोकिन्न कुकुरका भुकाईहरुजस्तामा बजेका पानीको आवाजहरुबरु झन दर्किन्छ पानीचर्किन्छ कुकुरबिझाउछ मुटुसम्झिन्छु उनीरसाउछन आँखाकाँप्छन ओठहातले मोबाइल खोज्छआँखाले उस्कै तश्विरअनि मन?खै मनले के खोज्छ बुझ्नै सकिन ।सायद शान्ती ?Read more …
पहिलो भेट

पहिलो भेट

कोटेश्वोर, बाल्कुमारी, ग्वार्को, सातदोबाटो, लगनखेल, लगनखेल...दाइ जाने हो? हत्तिछाप चप्पल, मैलो जिन्स, रातोमा कालो चेक सर्ट र त्यो बाहिर बाहुला नभएको ज्याकेट लगाएको, उमेरले भर्खर ११-१२ टेकेको जस्तो देखिने फुच्चे केटो, खुद्रा पैसाहरु हातमा मिलाउदै बिसैनीमा कराउदै थियो । यसो हेर्दा गाडीमा खुट्टा अढ्याउने ठाउँ पनि थिएन । साँघुरो गोठमा अटाइ नअटाइ खसीबोका कोचेको भन्दा बेसी मान्छे कोचिएका थिए । गाडीमा मान्छेहरु यति धेरै थिए कि तिनको भार थेग्न नसकेर त्यो गाडीनै देब्रे पट्टि ढल्किएको थियो । म चडौ कि नचडौ को दोधारमा परें । मेरो मनको दोधार बुझेछ क्यारे, उ "दाई यो…Read more …
सलाई

सलाई

झर्यात झुरुत च्यातिएका कापीका पाना जस्तै म तिमी आउँदा पानी टेप भेटिएको महसुस भयो ।लाग्थ्यो यी च्यातिएका पानाहरु फेरी जोडिनेछन्यसमा लेखिएका भावनाहरु फेरी कसैले पढनेछन् ।।तरसोचेको जस्तो कहाँ हुन्थ्यो र पानी टेप कुन बेला सलाई भयो पत्तै पाइन ।जोडिएको भ्रममा थिए मतर त्यसको बिपरित जल्दै खरानी भएछु ।।त्यस्तो खरानी जुन नत बत्ति कात्न काम लाग्छ न बारीमा छर्न नै ।।Read more …
लकडाउनको चौधौं दिन

लकडाउनको चौधौं दिन

"त्यो ढुङ्गा हानेको क्षण" र "प्रियसीका यादहरु" लाई धेरै साथीहरुले मन पराइदिनु भएकाले आज धेरै पछि फेरि केही लेख्न मन लागेको छ । दिमाग भद्दा भएर केही सोच्न नसक्ने स्थितिमा पुगेको छु । मोबाइलको यो नोटप्याड एप्लिकेसनमा अहिले यो ब्लग गरिरहदा सोही मोबाइलको नोटिफिकेसन बारमा रहेको घडीले रातको ११.२९ बजेको संकेत गर्दैछ । सोमबार माछामासु बार्ने गरेकोले बार चै याद भएपनि आज कति गते हो भनेर याद नभएपछि भर्खरै नेपाली पात्रो नामक एप्स खोलेर हेर्दा चैत्र २४ गते सोमबार त्रयोदशी तिथि देखियो । बिहान उठे देखि मोबाइल र ल्यापटप चलाउदा चलाउदै आँखा रातै…Read more …
प्रियसीका यादहरु…

प्रियसीका यादहरु…

थकाईले भुतुक्कै भएर घर छिरेको म, कपडा पनि नफेरी ओच्छानमा डङ्ग्रङ्ग ढलि ममीलाई कफी बनाइदिन आग्रह गरें । देब्रे खल्तिमा रहेको मोबाइलले बिजाए जस्तो भयो । निकालेर साइड लाउन खोजेको मोबाइलको लक स्कृन माथी नोटिफिकेसनहरु तछाड मछाड गर्दै उफृरहेका रहेछन । सुतेरै मोबाइल हेर्न थालें । केही थान ट्विटर र फेसबुकको नोटिफिकेसनहरु रहेछन । BinBik दाले add गर्नु भएको नेपाली कृकेट सम्बन्धी गफ गर्ने एउटा मेसेन्जर ग्रुप छ, तेसैको मेसेज अनि FPL gang को मेसेजहरु । मेसेज/नोटिफिकेसनहरु हेरेर आवश्यक्ता अनुसार रिप्लाई/कमेन्ट पछि फेसबुकको Timeline चहार्दै थिएं एउटा फोटोले मनमा चिसो पस्यो । फोटो…Read more …
त्यो ढुङ्गा हानेको क्षण

त्यो ढुङ्गा हानेको क्षण

टिकाथलीको खुल्ला फाँटमा हुर्केको म, ड्याडीले बनाइदिनु भएको काठको त्यो भारी ब्याट लिएर स्कुल सक्किने बित्तिकै क्रिकेट खेल्न चौरमा पुग्थें । सचिन, प्रदिप, उमेश लगायत अन्य साथीहरु सधैं तेही चौरमै भेटिन्थे । अनि सुरु हुन्थ्यो हाम्रो क्रिकेट । अहिले जस्तो सुचना प्रबिधिको बिकाश नभैसकेकोले हो वा नेपाली क्रिकेटबारे तेति चासो नराख्नाले हो, बच्चैबाट क्रिकेट खेल्ने भए पनि नेपाली क्रिकेट टिमबारे तेति जानकारी थिएन । ६२/६३ को जनअन्दोलनले राजा फ्याल्ने निर्णय गरेसँगै नेपालको नयाँ संबिधान लेख्ने जिम्मेवारी सहित "संबिधान सभा" को निर्वाचन २०६४ सालको चैत्र २८ गते हुने निर्णय भयो । यसको सिधा असर…Read more …