बियोग
आकाश धुम्म छैन तर तेस्तै देख्छु आज
पानी परेकै छैन तर तेस्तै सुन्छु बाहिर
कुकुरहरु एक तमासले कराइरहेकै छैनन् तर कान गुन्जिरहेछ
ति आवाजहरुले मुटु बिझाइरहेछ
चुपलाग म कराउछु
ए साची, कराउछु हैन चिच्याउछु
पुग्यो अब, बन्द गर यो सब
तर अह
रोकिन्न कुकुरका भुकाईहरु
जस्तामा बजेका पानीको आवाजहरु
बरु झन दर्किन्छ पानी
चर्किन्छ कुकुर
बिझाउछ मुटु
सम्झिन्छु उनी
रसाउछन आँखा
काँप्छन ओठ
हातले मोबाइल खोज्छ
आँखाले उस्कै तश्विर
अनि मन?
खै मनले के खोज्छ बुझ्नै सकिन ।
सायद शान्ती ?